काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको बताएका छन् । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षाका लागि प्रविधिको साथसाथै प्रहरीको उपस्थिति अपरिहार्य रहेको उल्लेख गरे । सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोग जस्ता गतिविधिहरु अहिलेको चुनौतिको रुपमा रहेको चर्चा गर्दै उनले त्यस्ता


ADVERTISEMENT

# # #


अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्व रहने बताए । महानिरीक्षक खनालले प्रहरीको सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय–प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनले नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा फरक रुपमा समुदाय–प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका विषयहरु तय गरी कार्यक्रम संचालन गरिएको बताए ।

साथै संगठन सुधारका लागि प्रहरी महानिरीक्षकले तय गरेका १० वटा प्राथमिकताहरुका सम्बन्धमा समेत उनले प्रकाश पारे । सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धतामा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसको काम, कर्तव्य तथा प्रदान गर्ने सेवा लगायत विविध बिषय सो अवधारणामा समेटिएको छ ।’

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीहरुको जिज्ञासाहरुको निरुपण गर्दै विगतको भन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान बताए ।