काठमाडौँ – दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंका यू-२३ सामू नेपालले १७३ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।


ADVERTISEMENT

# # #


नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेले । त्यसक्रममा उनले सर्वाधिक नटआउट ७२ रन प्रहार गरे । ४४ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन बनाएर आउट भए । मल्लले २० बलमा ३ चौका प्रहार गरे भने २३ बलमा एक चौका प्रहार गरे । यस्तै पवन सर्राफले १३ बलमा २ चौका र एक छक्कासहित २२ रन जाडे । आरिफ शेख १९ रनमा आउट हुँदा पारस खड्का १ रनमा पेवेलियन फर्किए ।

श्रीलंकाका लागिकामिन्दु मेन्दिसले दुई तथा असिथ फर्नानान्दो, कभिस्क अन्जुला, दसभिन्दु तिलाकरत्ने र ले समान १-१ विकेट लिए ।