काठमाडौँ – तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तगर्त पुरुष भलिबलको उपाधि भारतले जितेको छ । अत्यन्तै रोमाञ्चक स्पर्धामा भारतले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै भलिबल पुरुष विधातर्फको स्वर्ण जितेको हो ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)परिसरको कभर्ड हलमा सम्पन्न खेलमा स्वर्ण पदकका अर्का स्पर्धि पाकिस्तानले भारतलाई सुरुको सेटदेखि कडा चुनौती दिएको थियो । पहिलो सेट २५–२० ले जितेर १–० को अग्रता लिएको पाकिस्तानले लगातार दोस्रो, तेस्रो र चौथो सेटसम्म भारतलाई चुनौती दियो । पहिलो सेटमा ७–९ ले पछाडि परेको पाकिस्तानले वापसी गर्दै २५–२० ले सेट जित्दै भारतलाई स्तब्ध बनायो । पाकिस्तानले पहिलो सेटमा गरेको अधिकांश सट प्रहार भारतलाई उठाउन समस्या भयो ।


ADVERTISEMENT

# # #


दोस्रो सेटमा भारतले एकतर्फी रुपमा आफ्नो पक्षमा पार्यो । दबाबमा आएको भारतले उत्कृष्ट वापसी गर्दै दोस्रो सेट २५–१५ ले जितेर खेल १–१ को बराबरीमा ल्यायो । तेस्रो सेटमा पाकिस्तानले ४–७ ले पछि परेको अवस्थालाई पार गर्दै ९–११ र १३–१३ सम्म ल्याएर भारतसँग बराबरी गर्यो । त्यसपछि भारतले पाकिस्तानलाई १७ अङ्कमा रोक्दै २५ अङ्क पुर्याएर तेस्रो सेट जित्दै खेललाई २–१ को अग्रता कायम गर्यो । तेस्रो सेटमा भारतले सर्भिसमार्फत् केही अङ्क गुमाउन पुगेको थियो । भारतले तीन पटक गरेको सर्भिस कोर्ट बाहिर पुग्दा पाकिस्तानले अङ्क प्राप्त गर्यो ।

सहजै जित्ने अनुमान लगाएर स्वर्णको उपाधि जित्न उत्रेको भारतलाई चौथो सेटमा पाकिस्तानले २३ अङ्कदेखि नै बराबरी गर्दै २६–२६ सम्म पुगेको थियो । तर भारतले २६ बाट लगातार दुई अङ्क जोडेर २८ पुग्दा पाकिस्तान २६ अङ्कमै रोकियो । र भारतले ३–१ ले जित्दै पुरुषतर्फको स्वर्ण हात पारेको हो ।