काठमाडौं । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले गत कात्र्तिक २७ गते नुवाकोट र गोर्खामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत ऋण व्यवस्था मार्फत ने.रु. ३ अर्ब १० करोड (२७.९ मिलियन अमेरीकी डलर) नेपाल सरकारलाई प्रदान गरेको छ । नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण व्यवस्था ९ीइऋ० मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।


ADVERTISEMENT


यस्तै, भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप एक सय मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो । भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ने.रु. ६ अर्ब ९६ करोड (६९.६ मिलियनअमेरीकी डलर) प्रदान गरिसकेको छ । घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहनकालागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न तयार रहेको भारतले जनाएको छ ।