नेपालमा भूकम्पपश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप गोरखा जिल्लाका १६ निर्वाचित स्थानीय सरकारका प्रतिनिधिहरुका लागि UNDP (United Nations Development Programme) ले भारतमा गत कात्र्तिक २६ देखि ३० गते सम्म परिचयात्मक भ्रमण आयोजना गरेको छ । “भुजभूकम्पपुनर्निर्माणअनुभव”बाट सिक्ने हेतुले प्रतिनिधिहरुकालागि UNDP को साझेदारको रुपमा रहेको ODRC (Owner Driven Reconstruction Collaborative of India) ले गुजरात र दिल्लीमाभ्रमण समन्वय गरेको हो । २ नगरपालिकाका मेयर, उपमेयर तथा ६ गाउँपालिकाका वडाअध्यक्ष, उपाध्यक्षहरु उक्त भ्रमणमा सहभागी भएका थिए ।


ADVERTISEMENT


भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरुसँग प्रतिनिधिहरुले भेटघाट गर्नुका साथै भुज भूकम्प पश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरुको अवलोकन गरेका छन् । दिल्लीमा प्रतिनिधिहरुले राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद तयारी, पुनःस्थापना तथा अनुभवहरु बारे जानकारी लिएका छन् ।


ADVERTISEMENT

# # #


गोरखाको २६,९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन UNDP ले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण गर्दै आएको छ ।

विपद व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नकालागि भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न सहयोग गर्ने बिश्वास लिईएको छ ।