काठमाडौँ – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री र्‍यान्डल जी. स्क्रिभरबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार नेपाली सेनाको प्रधान कार्यालय भद्रकालीमा शिष्टाचार भेटवार्ता भएको हो ।


ADVERTISEMENT


उक्त भेटवार्तामा नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


यस्ता भेटवार्ताले नेपाली सेनाको विश्‍व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ जनाएको छ ।