काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले माल्दिभ्सलाई निर्धारित २० ओभरमा ९४ रनमा समेटेको थियो । माल्दिभ्सले नौ विकेट गुमाएर ९४ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पााच विकेटको क्षतिमा १७ औं ओभरको पहिलो बलमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि आरिफ शेखले ३२ रनको योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए ।

यसअघि माल्दिभ्सका लागि लीम शफिगले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै, मोहम्मद रिशवानले १७, मोहम्मद मोहफुजले १६ र उमर अदामले ११ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा मात्र ६ रन खर्चदैँ तीन विकेट हात पारेका हुन् । यस्तै, सुशन भारीले दुई, पारश खड्काले एक विकेट लिए । माल्दिभ्सले रन आउटका रुपमा तीन विकेट गुमाएको थियो ।