काठमाठौँ – जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामामा भएको खेलमा नेपालले बंगलादेशलाई १–० गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


पहिलो हाफको ११औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा गोल गर्दै सुनिल बलले नेपाललाई अग्रता दिलाएका थिए। जुन अग्रता नेपालको जितमा परिणत भयो ।


ADVERTISEMENT

# # #


नेपालले अब उपाधीका लागि फाइनलमा भुटानसंग खेल्नेछ । शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलंकामाथि ३–० को जित निकालेको थियो । सागको ३५ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ ।

नेपालले जारी प्रतियोगिताको लिग चरणमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । यस्तै श्रीलंकासंग १–१ गोलको बराबरी गरेको नेपालले माल्दिभ्सलाई २–१ गोलले पराजित गरेको थियो ।

भारतमा भएको सागको अघिल्लो संस्करणमा पनि पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको थियो। आयोजक भारतमाथि २–१ गोलको जित निकाल्दै नेपाल स्वर्ण लिएर घर फर्किएको थियो। साबिकम विजेताका नाताले नेपाललाई उपाधी रक्षा गर्ने चुनौति रहेको छ ।