काठमाडौँ – १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली पौडिवाज गौरिका सिंहले इतिहास रच्दै चौथो स्वर्ण जितेकी छन् । सोमबार स्वर्ण जितेसंगै उनी सागको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडी बनेकी हुन् ।


ADVERTISEMENT


सातदोबाटोमा गौरिकाले सोमबार सम्पन्न महिला पौडीतर्फको  १०० मिटर फ्रीस्टाइलमा भारतकी शिभांगीलाई पछि पार्दै स्वर्ण पदक हासिल गरेकी हुन् । गौरिकाले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् । भारतकी शिभांगीले रजत जितिन् । शिभांगीले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन् ।


ADVERTISEMENT

# # #


यसअघि आइतबार महिला पौडीतर्फ चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गर्दै तेस्रो स्वर्ण जितेकी थिइन् ।

आजको स्वर्णसंगै गौरिकाले दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन् ।  दीपकले सागमा चार स्वर्ण जितेका थिए । यद्दपी दीपकको यो सम्पूर्ण सागको रेकर्ड हो । उनले एउटै साग संस्करणमामा भने चार स्वर्ण जितेका थिएनन् ।

गौरिकाको चौथो स्वर्णसंगै नेपालको जारी सागमा स्वर्ण संख्या ४९ पुगेको छ ।