काठमाडौँ – अपी पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगड गाड आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । यो सँगै दार्चुलामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ ।


ADVERTISEMENT


यो आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यो विद्युत विक्रीबाट कम्पनीले पहिलो वर्ष २७.४८ करोड रुपैयाँ आय आर्जन गर्नेछ । यो आयमा वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ । अत्तरिया बलाच १३२ केभि ट्रान्समिशनलाईनमा जडान भई विद्युत प्रवाह भएको हुँदा यो आयोजनाको विद्युत सहज ढंगले प्रवाह गर्न सकिएको छ । कम्पनीले बैंकको ऋण तथा संचालन खर्च कटाई बचेको रकमबाट शेयरधनीहरुलाई लाभांश उपलव्ध हुने र यो लाभांशको दरमा प्रतिवर्ष वृद्धि हुँदै जाने जनाएको छ ।


ADVERTISEMENT

# # #


यस आयोजनामा ब्लमचष्तश ज्थमचय द्वारा उत्पादन गरिएको दुई सेट टर्बाइन तथा जेनरेटर लगाएतका उपकरणहरु जडान गरिएको छ । यस अघि २०७२ साल भदौमा कम्पनीले नौगड गाड आयोजना ८.५ मेगावाट साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले सोही क्षेत्रमा नयाँ आयाजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने जनाएको छ ।

अपर नौगड गाड आयोजना निर्माणको लागी नेपाल एस.बि.आई. बैंकको अगुवाइमा प्रभु बैंक लिमिटेड, कैलाश विकास बैंक तथा युनाईटेड फाईनान्स कम्पनीले सहवित्तियकरण अन्र्तगत रु. १२० करोड कर्जा उपलब्ध भएको छ । यो आयोजनाको कुल लागत रु. १६० करोड रहेको छ ।