काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ ।


ADVERTISEMENT


सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन्स इभेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो ।


ADVERTISEMENT

# # #


प्रत्यक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच तथा “फास्टेस्ट फिफ्टीलाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने छ ।