काठमाडौ – सरकारले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई नौ लाख दिने भएको छ ।  बुधबार  बालुवाटारमा  खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घोषणा गरेका हुन् ।


ADVERTISEMENT


जसअनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए ।


ADVERTISEMENT

# # #


मंगलबारमात्रै सम्पन्न भएको १३ औँ सागमा नेपालले ५१ स्वर्ण जितेको थियो । यस्तै ६० वटा रजत पदक हात पारेको नेपालले ९५ वटा कास्य पदक जितेको थियो ।