काठमाडौँ – जापानमा रोजगारीका लागि जाने युवायुवतिको लागि केयरिङ ट्रेनिङ सेन्टर खुलेको छ । काठमाडौँको गंगबुमा इनामी नेपाल केयर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


शुक्रबार पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले उक्त ट्रेनिङ सेन्टरको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उद्घाटनपछि बोल्दै नेता खनालले नेपाली युवा युवतिलाई दक्ष बनाएर रोजगारीको अवसर सिर्जना गर्ने कामको थालनी गरेको भन्दै प्रशंसा गरे । उनले ट्रेनिङ सेन्टरको सञ्चालनपछि ट्रेनिङ प्राप्त भएका युवायुवतीहरु जापानमा गएर राम्रोसँग काम गर्नका लागि सक्षम हुने विश्वास व्यक्त गरे ।

यो सेन्टरबाट ट्रेनिङ सकेका युवा–युवतीहरुले नेपालमा पनि वृद्धवृद्धाहरुको सेवामा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको सहजीकरण युवा व्यवसायी राजेश थापाले गरेका थिए ।