प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।


ADVERTISEMENT


दुई महिला सहित ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २  संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा गएराति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् ।


ADVERTISEMENT

# # #