काठमाडौँ– गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ।


ADVERTISEMENT


मन्त्रालयले बिहीबार १० सहसचिवसहित २१ उपसचिवको सरुवा गरेको हो।


ADVERTISEMENT

# # #


सरुवा भएपछि काठमाडौंको सिडिओमा केदारनाथ शर्मा आएका छन् भने झापामा ऋषिराम तिवारीको सरुवा भएको छ। त्यस्तै मोरङमा रामप्रसाद आचार्य, पर्सामा विनोद प्रकाश शाही नयाँ सिडिओ बनेका छन्।