काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को मन्त्रीस्तरीय बैठकमा सहभागी हुने सदस्य राष्ट्रका विदेश मन्त्री काठमाडौं आउन थालेका छन्।


ADVERTISEMENT


बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री सुष्मा स्वराज बिहीबार दिउँसो काठमाडौं आइपुगेकी छन्। बैठकमा सहभागी हुन भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंकाका विदेश मन्त्री पनि आजै काठमाडौं आउने कार्यक्रम छ। बिम्स्टेकको मन्त्रीस्तरीय बैठक आजै साँझबाट सुरु हुँदैछ।


ADVERTISEMENT

# # #


मन्त्रिस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन्। दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो।