यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरीटोनी एन सिंहले जितेकी छिन् ।


ADVERTISEMENT


विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा विश्वका १११ मुलुकका सुन्दरीले सहभागिता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

नेपालकी सुन्दरी  मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथपर्पस’ र मल्टिमिडिया अवार्ड जितेकी छिन् । अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल भइन् ।