नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथपर्पस’ विधामा अवार्ड जितेकी छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् ।


ADVERTISEMENT


अनुष्का यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गतबर्षको ‘विश्व सुन्दरी प्रतियोगीता’मा पनि श्रृङ्खला खतिवडाले यी दुबै टाइटल जितेकी थिइन् । अनुष्का विश्व सुन्दरी प्रतियोगीताको अन्तिम १२ सम्म पुग्न सफल भइन् ।


ADVERTISEMENT

# # #