काठमाडौं – ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका कार्यरत प्रहरी निरीक्षक अमिर कुमार दाहालको दाहसंस्कार गरिएको छ । डिउटीमा रहेका बेला बम विष्फोटमा परी ज्यान गुमाएका दाहालको शनिबार पशुपति आर्यघाटमा सम्मानसहित दाहसंस्कार गरिएको हो ।


ADVERTISEMENT


शनिबार पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकले स्व. दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. दानहाललाई श्रद्धाञ्जली अर्पण गर्न सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व। दाहालका परिवारजन एवं आफन्तजन लगायत आर्यघाट पुगेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरी निरीक्षक स्व. दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिए ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा बम विष्फोटन हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा निधन भएको थियो । विष्फोटमा परी राजेश शाह र उनका छोराको पनि घटनास्थलमै निधन भएको थियो ।

वि. सं २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका दाहाल असई हुँदै २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए । स्व. दाहालका बुवा, आमा, श्रीमती र एक छोरा रहेका छन् ।