काठमाडौँ – कामना सेवा विकास बैंकले काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित भङ्गालमा नयाँ शाखा विस्तार गरेको छ । बैँकले आफ्नो १०७ औँ शाखाको रुपमा आइतबारबाट बुढानिलकण्ठ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

कामना सेवाले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।