ओखलढुंगा । कांग्रेस युवा नेता रामहरी खतिवडाले आफ्नो क्षेत्रमा विकासका लागि भईरहेका कामहरु रोकिन नदिने भन्दै जनताहरुलाई बिश्वस्त बनाएका छन् ।


ADVERTISEMENT


आफू सभासद भएको बेला शुरु गरिएको ओखलढुंगाका बिकासहरु नेकपा सरकारका पालामा सबै ठप्प बनाईएको भन्दै सबै कामहरु सुचारु गराउन नियमित लागिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


केही दिन अघि भौतिक योजना तथा पूर्वाधार मन्त्री, सचिव तथा सडक बिभागका प्रमुख समक्ष डेलिकेशन गएर ओखलढुंगा फर्किएका खतिवडाले सुनकोशी पुल पछि निकै चर्चित मोलुङ खोला मान्द्रे पुगेर अवलोकन गरेका हुन् । उनले ठेकेदार, सडक बिभागका इन्जिनियर लगायतलाई समेत साथै लिएर पुलको अवस्था निरिक्षण गरेका छन् ।

ओखलढुंगा जिल्लाकै मध्य भागमा पर्ने निकै महत्त्वपूर्ण मानिएको मोलुङ खोला माथी बन्ने मान्द्रे पुल बन्नमा ढिलाई हुँदा लिखु, चम्पादेबि र सुनकोशी लगायत सिंगो ओखलढुंगाका जनता मारमा परिरहेको भन्दै गुनासो आउने गरेको छ ।