काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ ।


ADVERTISEMENT


स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लांदैगर्दा आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


निर्माता तथा कलाकारसमेत रहेका भट्टराइ तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’, ‘यात्रा’ लगायत छन् ।

उनी एक बर्ष अघि मात्रै चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।