एजेन्सी –  भारतको चिया बगान भनेर चिनिने पूर्वी राज्य आसाममा पछिल्लो हप्ता भारतीय संसदले पारित गरेको नागरिकता संशोधन विधेयक (सीएबी–क्याब)लाई लिएर व्यापक विरोध भइरहेको छ ।


ADVERTISEMENT


यो त्यस्तो विधेयक हो, जुन राष्ट्रपतिबाट कानुनमा पारित भए पाकिस्तान, बंग्लादेश र अफगानिस्तानका गैर–मुस्लिम मानिसका लागि भारतीय नागरिकता पाउन मुस्किल हुनेछ । यही विधेयकलाई लिएर केही जिल्लामा उत्पन्न विरोधलाई रोक्नका लागि हजारौँको संख्यामा सैनिक परिचालित गरिएको छ, कर्फ्यु लगाइएको छ र इन्टरनेट सेवा निलम्बित गरिएको छ । विरोधमा उत्रिएका प्रदशनकारी र पुलिसबीच झडपसमेत भएको छ ।


ADVERTISEMENT

# # #


तर नागरिकता संशोधन विधेयकलाई लिएर सबैभन्दा पहिले प्रदर्शनमा उत्रिने आसाममा जुन विरोध भइरहेको छ, त्यो भारतीय संविधानको धर्मनिरपेक्ष स्वरूपमाथि खतराप्रतिको कुनै चिन्ताका कारण भएको होइन । उनीहरुको लागि ‘बाहिरका मान्छे’ त्यहाँ आउँदा जनसंख्या र संस्कृति बिग्रिने खतरा छ ।

तनावको एक कारण यो छ कि आसाम भारतको बहुत जटिल र बहु–जातीय राज्यमध्येको एक राज्य हो । यहाँ आसामी र बंग्ला बोल्ने हिन्दुका साथै आदिवासीको एक मिश्रित समूह बसोबास गसिररहेको छ । यहाँको कुल ३.२ करोड जनसंख्यामध्ये एक तिहाई हिस्सा मुसलमानको रहेको छ । जनसंख्याका हिलाबले आसाम भारत प्रशासित कश्मीरपछिको सबैभन्दा ठूलो हो ।

के हो असमका जनताको चिन्ता ?

आसा भारतको सबैभन्दा विभाजित र अशान्त राज्यमध्येको एक हो । पूर्वका अन्य चार राज्यहरु (मणिपुर, नागाल्याण्ड, अरुणञ्चल र मेघालय) आसामबाटै टुक्रिएर बनेका राज्य हुन् । अहिले आसाममा बसोबास गर्ने तीन समूह आफ्ना अलग राज्य चाहिरहेको छन् । जसका लागि उनीहरुले भाषा र नागरिकताको विषयमाथि संघर्ष गर्दै आएका छन् । आसामी र बंग्लाभाषीका साथै जागिरका लागि आएका आप्रवासीहरुपनि सदियौँदेखि यहीँ बसोबास गर्दै आएका छन् । जसलाई पनि वैध स्वदेशी जनजाती दाबी गरिँदै आएको छ । यसका साथै बंगलादेशबाट आएका अवैध आप्रवासीको मुद्दापनि वषौँदेखि गम्भीर चिन्ताको विषय बन्दै आएको छ ।

आसामी भाषा बोल्ने आधा जनसंख्यालाई लाग्छ कि अवैध प्रवासी पत्ता लगाएर उनीहरुलाई फिर्ता पठाउने प्रतिवद्धता गर्ने भारतीय जनता पार्टी (वीजेपी)ले उनीहरुलाई धोका दियो । यस्तै त्यहाँका मुस्लिम जनसंख्या यस कारण चिन्तामा छन् कि नागरिकता विधेयक भेदभावपूर्ण छ र अन्तिममा केबल उनीहरुको धर्मका व्यक्तिहरुलाई मात्रै अवैध आप्रवासी ठहर्याइनेछ ।