काठमाडौँ – एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको सञ्चालनमा ल्याएको छ । बैँकले सोमबार काठमाडौंको बोहोराटार, कलंकीस्थित खसीबजार, माछापोखरी, नरेफाँट शाखा, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


सोमबार काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेले उद्घाटन गरे । यस्तै कलंकी शाखाको कामनपा वडा नं. १४ का वडाध्यक्ष शोभा सापकोटा र वडा नं. १६ स्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले गरे ।


ADVERTISEMENT

# # #


यस्तै नरेफाँट शाखाको कामनपा ३२ का वडा अध्यक्ष नवराज पराजुली, पुतलीसडक शाखाको कामनपा २८ का वडाध्यक्ष भाइ राम खड्गी र स्वयम्भू शाखा कामनपा वडा नं. ३ का अध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

बैंकले देशभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।