काठमाडौं । कृषि विकास बैंक लि. र होमस्टे (घरबास) एशोसियसन नेपाल बीच वित्तिय तथा सामाजिक÷सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होमस्टे (घरबास) एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसंग गरिएको सम्झौताले नेपालका ग्रामिण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारिकरण, स्थानीय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने बताएका छन् । बैंकले गरेको सम्झौताले नेपाल सरकारले ल्याएको भ्रमण बर्ष २०२० को कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान पुग्नुका सााथै समृद्ध नेपाल सुखी नेपालीको नारा सफलिभुत पार्न समेत सहयोग पुग्ने उनका बिश्वास छ ।


ADVERTISEMENT

# # #


होमस्टे (घरवास) एशोसियसन नेपालका अध्यक्ष बडालले सम्झौताले दरुदराजमा रहेका होमस्टेहरुमा प्रकृति तथा स्थानीय संस्कृतिसंग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भई स्थानीय रितिरिवाज, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ बन्यजन्तु संरक्षण गर्न र दिगो जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरे । सम्झौतापछि कृषि विकास बैंकको मान, प्रतिष्ठा र गरिमामा आंच आउन नदिने उनको प्रतिबद्धता समेत छ ।

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार होमस्टे (घरवास) एशोसियसन नेपालमा आवद्ध देशभरका करीब १ हजार होमस्टे संचालकहरुलाई परियोजना संचालन गर्न आवश्यकपर्ने कर्जा उपलब्ध गराउनुका साथै एसोसियसनको सिफारिसमा स्थानीय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानीय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा बैंकले सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउनेछ । थापाका अनुसार कर्जाका अतिरिक्त बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालिम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम÷सहयोग समेत गर्नेछ ।

कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, परामर्शदाता घुरन ठाकुर, विभागीय प्रमुखहरु मिनराज पोखरेल, शुसिल हुमागाई, बाशु अधिकारी, विना शर्मा, बैंकका प्रवक्ता हिमलाल पौडेल तथा शा.प्र. प्रेम खनाल लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा होमस्टे (घरवास) एशोसियसन नेपालको तर्फबाट उपाध्यक्ष शारदा आचार्य, उपाध्यक्ष धनिराम बस्याल, कोषाध्यक्ष सुरज बास्तोला, सदस्य राजकुमार लामिछाने तथा सदस्य नैना सापकोटा लगायतको समेत उपस्थिति रहेको थियो ।