काठमाडौं । गृह मन्त्रालयले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी प्रमुखका रुपमा हालका प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेललाई जिम्मेवारी दिईएको छ ।


ADVERTISEMENT

# # #


एक वर्षे कार्यकाल पूरा भएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गर्दै प्रहरी प्रवक्ताको जिम्मेवारी दिईएको छ ।