काठमाडौं – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लब र मच्छिन्द्र क्लबले बराबरी खेलेको छ । दोस्रो चरणको पहिलो खेलमा च्यासल र मच्छिन्द्र १–१ को बराबरी खेलेको हो ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सकिन दुई मिनेट मात्रै बाँकी रहँदा मच्छिन्द्रले गोल फर्काउँदै खेल बराबरीमा टुंग्याउन सफल भयो । विशाल राईको पासमा देवेन्द्र तामाङले गरेको प्रहार गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा टुंगियो ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो हाफमा मच्छिन्द्र र च्यासलले पटक पटक गरेको गोलको प्रयास असफल भएको थियो । २८ औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलको उत्कृष्ट प्रहारमा उसले १–० को अग्रता लियो । साहुखलले मच्छिन्द्रका तीनजना रक्षकलाई पाखा लगाउँदै गर्नुभएको शक्तिशाली प्रहार गोलमा परिणत भयो ।

बराबरीसँगै दुबै टोलीले एक एक अङ्क बाँडेका छन् । पहिलो खेलमा जित हात पारेको दुबै टोलीमध्ये मच्छिन्द्रले तीन अङ्क रहेको छ भने च्यासलले चार अङ्क पुर्याएको छ ।