काठमाडौँ – संघीय संसद प्रतिनिधिसभाको सभामुखको निर्वाचन पुस ११ गते हुने भएको छ । पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रक्रिया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गर्ने निर्णय गरेको हो ।  आज बस्ने बैठकलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले सञ्चालन गर्नेछिन् र राष्ट्रपतिले पठाएको संसद आव्हानसम्वन्धि पत्र सुनाइने छ ।  त्यसपछि मौनधारण र शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ ।


ADVERTISEMENT

# # #


पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि अन्य दलहरुसंग सहमति खोज्नेछ । सहमति नजुटेमा निर्वाचन प्रक्रियामार्फत सभामुख चयन गरिनेछ । त्यसअघि हालकी उपसभामुख  तुम्बाहाम्फेले राजीनामा दिनेसम्भावना रहेको छ ।