काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ ।


ADVERTISEMENT


होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्दै सन्दीप आबद्ध मेलवर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो । १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हुरिकेन्स १६ ओभरमा १ सय ११ रनमा अलआउट भएपछि मेलवर्न जित निकाल्न सफल भयो ।


ADVERTISEMENT

# # #


स्टार्सका खेलाडीको कसिलो बलिङसामु सिमी जेवेलले २५ तथा रोजले ३२ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् । राइटले १० रन जोडेका थिए ।

स्र्टासका लागि हरिस राउर्फले सर्वाधिक ५ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले २-२ विकेट लिँदा सन्दीपका नाममा १ विकेट रह्यो । सन्दीपले पहिलो खेलमा पनि १ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । मेलवर्नका लागि मार्कुस स्टोनिसले सर्वाधिक ८१ रन बनाए । निक म्याडिसनले ४० रनको योगदान दिएका थिए ।