काठमाडौँ – उपप्रधानमन्त्री एवम् कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले सोमबार राजीनामा पत्र लेख्दै प्रधानमन्त्री केपी शर्माओली समक्ष राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


सरकार संविधान संशोधनको दुई बुँदे सहमतिबाट पछि हटेकाले नैतिकताका आधारमा पदमा बसिरहन नसकिने भन्दै राजीनामा दिएको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


तत्कालीन समाजवादी फोरम र नेकपा एमाले तथा नेकपा माओवादीबीच २०७५ जेठ १४ गते संविधान संशोधन लगायतका मुद्दामा शर्तसहित दुईबँदे सहमति भएको र आफूहरु सरकारमा गएको तर, सरकारले सहमति एकतर्फी रुपमा तोडेको आरोप लगाएका छन् ।

‘हामीले यी विषयहरु मन्त्रीपरिषद् बैठक तथा संसदमा पटकपटक प्रवेश गराउनुका साथै प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका थियौँ ।’ उनले राजीनामा पत्रमा यादवले भनेका छन्, ‘यसैक्रममा २०७६ पुस ७ गते (सोमबार)को मन्त्रीपरिषद् बैठकमा पनि उक्त कुरा प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गर्दै दुई बुँदे सहमतिबाट सरकार पछाडी हटेको र सहमति एकतर्फी रुपमा तोडेको प्रस्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य भएन ।’