काठमाडौँ – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल)को फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा काठमाडौँलाई ६० रनले हराउँदै चितवन लगायतार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।


ADVERTISEMENT


मंगलबार पाखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १६७ रन बनायो ।  १६८ रनको चुनौति पच्छ्याएको काठमाडौँ निर्धासिरत २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


ओपनर जयकिशन कोल्सावाल र अमित श्रेष्ठलाई शून्य र गौरव तोमारलाई ६ रनमै गुमाएपछि काठमाडौँ ४ ओभरमा १८ ३ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र पवन सर्राफले चौथो विकेटका लागि उकास्ने प्रयास गरेका थिए । तर, पवन व्यत्तिलगत २७ रनमा आउट भएपछि काठमाडौँको पतन सुरु भयो । पवनले १९ बलमा ४ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ४० रन बनाए । तर, उनको पारी जितका लागि प्रयाप्त भएन ।

यस्तै पृथु बाँस्कोटाले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

चितवनका लागि सन्नी पटेल र रोहन मुस्तफाले शानदार बलिङ गरे । सन्नीले ४ ओभरमा एक मेडेन राख्दै १९ रन खर्चिएर ३ विकेट चट्काए । समान ४ ओभर बलिङ गरेका रोहनले एक मेडेन फाल्दै १२ रन दिएर २ विकेट लिए । यस्तै भुवन कार्की र करण केसीका नाममा समान १-१ विकेट रह्यो ।

दुई रन जोड्दा नै करण केसीका रुपमा पहिलो विकेट गुमाएको चितवनका लागि रोहन मुस्ताफा र बाबर हायाले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । त्यसक्रमा आउट हुनुअघि बाबले ७० रनको योगदान दिए ।

प्रतियोगिताको दोस्रो अर्धएशतक प्रहार गरेका उनले ४७ बलमा ३ चौका र ६ छक्का ठोके । यस्तै रोहनले ५२-६ चौका र एक छक्काको मदतमा नटआउट ५९ रन जोडे । आरिफ शेख र सन्नी पटेलले समान १५ १५ रन हाने ।

काठमाडौँका लागि वसन्त रेग्मी, सुसन भारी र अमरसिंह रौटेलाले समान १–१ विकेट लिए ।