काठमाडौँ – गायक रामकृष्ण ढकाल र उनकी पत्नी नीलम शाहले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले बुधबार काठमाडौँ जिल्ला अदालत पुगेर सम्बन्ध विच्छेद गरेका हुन् ।


ADVERTISEMENT


जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको थियो । रामकृष्ण र नीलमले सम्बन्ध विच्छेदका लागि मंगलबार काठमाडौँ जिल्ला अदालतमा निवेदन दिएका थिए ।


ADVERTISEMENT

# # #


सम्बन्ध विच्छेदपछि छोरी भने आमा नीलमसँगै बस्ने भएकी छन् भने नीलमले रामकृष्ण ढकालबाट कुनै किसिमको अंश वा सेवा सुविधा नलिने निर्णय गरेकी छन् ।

रामकृष्ण र नीलमबीच प्रेम विवाह भएको थियो ।