काठमाडौं – बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा दिने विषयमा निर्णय नभएको गृहमन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


समाजिक सञ्जालमा सूर्यग्रहणका दिन विहीबार विदा भन्ने केही अनलाइनहरूले समाचार सार्वजनिक गरे पनि गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसोसम्म यसबारे कुनेै निर्णय नभएको बताए।


ADVERTISEMENT

# # #


उनले यस विषयमा मन्त्रालयमा छलफल भईरहेको भए पनि विदा दिन निर्णय मन्त्रिपरिषद्ले गर्ने बताए । विदा दिने निर्णय भएमा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउने र सर्वसाधारणले गृहमन्त्रालयको वेभसाइट मार्फत पनि जानकारी लिन सक्ने बताए।

उनले समाजिक सञ्जालमा समाचार राखिएका कारण आफूलाई पनि धेरै तिरबाट फोन आएको बताए ।