सुनसरी – श्रीमतीलाई कुटपिट गरी हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका –१५ सहिद मार्ग बस्ने ४३ वर्षीय काजीमान राई रहेका छन् ।
प्रहरीका अनुसार काजीमानमाथि श्रीमती रमिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । घरायसी विवादको कारण काजिमानले कुटपिट गर्दा रमिला गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा धरानको घोपा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।