काठमाडौँ– क्रिसमसको अवसरमा ‘काठमाडौँ ट्रेड शो’ सुरु भएको छ । डेली रोल मिडिया एण्ड इभेन्टको आयोजनामा बुधबारदेखि काठमाडौँको भृकृटीमण्डपमा उक्त शो सुरु भएको हो ।


ADVERTISEMENT


आयोजक डेली रोल मिडिया एण्ड इभेन्टका अनुसार शोमा वस्तु तथा सामाग्रीको वृहत्त प्रर्दशनी मेला पुस १३ गतेसम्म सञ्चालन हुनेछ।


ADVERTISEMENT

# # #


मेलामा नेपाल, भारत , चीन, बांगलादेश लगायत एक सय भन्दा बढी स्टलहरु रहेको आयोजकले जनाएको छ। यस्तै मेलामा नेपालमा उत्पादन भएका हस्तकलाका सामाग्री, कृषिका सामाग्री, नेपाली कपडा लगायतका सामाग्री रहेका छन्।