काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अन्य २ घाइतेको उपचार भइरहेको छ ।


ADVERTISEMENT


रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीको पनि मृत्यु भएको छ । यसैगरी २ जना रौतहट नजरपुर, एकजना चन्द्रनिगाहपुर र अर्का एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो ।