काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र एम.ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


यस सम्झौता अनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा FOTON ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम ए डब्ल्यू भ्रिद्धी कमर्सियल प्रालिको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका छन् ।

बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।