ईङलिस प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा लेष्टर सीटी, म्यानचेष्टर सीटी, आर्सनल र साउथ हेम्प्टन विजयी भएका छन् । चेल्सी बराबरीमा रोकिदा टटनहृयाम भने पराजित भएको छ ।


ADVERTISEMENT


बिबिसी

सिजनको १४ औँ जित निकाल्ने क्रममा लेष्टरले न्यु क्यासल युनाईटेडलाई ३–० ले स्तब्ध पार्यो । गएराती नै म्यानचेष्टर सीटीले एभर्टनविरुद्ध २–१ को जित निकाल्यो । ग्राबियल जिसस चम्किदै २ गोल गरेपछि सीटी विजयी भएको हो । तेस्रो स्थानमा यथावत रहेको सिटिको २१ खेलबाट ४४ अंक भएको छ ।


ADVERTISEMENT

# # #


म्यानचेष्टर युनाईटेडलाई २–० ले हराएको आर्सनल भने १० औँ स्थानमा उक्लिएको छ । उसले दुबै गोल खेलको पहिलो हाफमै गरेको थियो । साउथ हेम्प्टनले टटनहृयामलाई १–० ले हराउँदा वेष्टहृयामले बर्नमाउथलाई ४–० ले स्तब्ध पार्यो । गएराती नै वाटफोर्टले वोल्भरहेम्प्टनलाई तथा एष्टन भिल्लाले वर्नलीलाई समान २–१ गोल अन्तरले हराए । चेल्सी र ब्राईटन एण्ड होभ एल्बियन तथा नर्विच र क्रिष्टल प्यालेसले समान एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।