भारतले कालापानीमा नेपालसंगको सीमा समस्या नरहेको स्पष्ट पारेको छ । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले कालापानीको सीमाना नमिचेको बताएका हुन् । विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नयाँ नक्साले भारतको सार्वभौमिकता झल्काउने भन्दै त्यसमा नेपालको सीमा कुनै पनि तरिकाले नमिचिएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


”म फेरि दोहोर्‍याउन मात्र सक्छु हाम्रो नक्साले भारतको सार्वभौमिकता देखाउँछ” उनले भने, ”नयाँ नक्साले नेपालको सीमा कुनै पनि तरिकाले मिचेको छैन।”


ADVERTISEMENT

# # #


साथै, दुई पक्षबीच कुराकानी भइरहेको र छलफलबाट यस्ता बिषयको समाधान हुने समेत उनले बताएका छन् । नेपाल र भारतबीच सीमांकनको विषय टुंग्याउने काम अहिले चलिरहेको भन्दै बाँकी रहेका विषयहरु विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाइने प्रवक्ता रविशकुमारले जानकारी दिएका छन् ।