राष्ट्रियसभा निर्वाचन कार्यक्रम अन्र्तगत निर्वाचन आयोगले मतदाता अन्तिम नामावली आज प्रकाशन गर्दैछ । आज अपरान्ह ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामवली प्रकाशन गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । राष्ट्रियसभा निर्वाचन प्रक्रिया अनुसार आयोगले हिजो मतदाता नामावली प्रकाशन तथा दावी विरोध उपर छानविन गरेको थियो । पर्सी मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको आयोगले २१ गते उम्मेदवार विरुद्ध उजुरी दिने समय निर्धारण गरेको छ ।
निर्वाचन आयोगले माघ ९ गते विहान १० देखि ४ बजेसम्म मतदानको समय तोकेको छ । राष्ट्रियसभा निर्वाचनमा सातवटा प्रदेशका प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखगरि १ हजार ५ सय ६ जनागरि कुल २ हजार ५६ जना मतदाता रहेका छन् ।


ADVERTISEMENT