काठमाडौं । नेकपा (मसाल)को बैठकले महामन्त्री मोहनविक्रम सिंहलाई टेलिभिजनमा अन्तरवार्ता दिन पाउने फुकुवा गरेको छ ।


ADVERTISEMENT


पार्टीको केन्द्रीय समिति र राष्ट्रिय परिषदको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारमा जानसक्ने छुट दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अर्धभूमिगत रुपमा रहेका सिंह यसअघि रेडियो र पत्रिकामा अन्तरवार्ता दिए पनि टेलिभिजनमा देखिएका थिएनन् ।

बैठकले राष्ट्रिय सभाको आगामी चुनावमा गण्डकी र प्रदेश ५ मा सहभागी हुने निर्णय पनि गरेको छ ।