काठमाडौं । तीन नम्बर प्रदेश प्रतिपक्षी दलका नेता ईन्द्र बानियाँको नेतृत्वमा प्रदेशको राजधानी र नामाकरणका बिषयमा आज छलफल भएको छ । छलफलमा प्रदेशको राजधानी हेटौंडा राख्ने र नाम बाग्मती बनाउने बिषयमा निष्कर्ष निस्किएको बताईएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसका युवा नेता बानियाँले तीन नम्बर प्रदेशमा प्रतिपक्षीको बलियो भूमिका र उपस्थिती देखाईरहेका छन् । उनले सुरुबाट नै हेटौंडालाई नै राजधानी बनाउनुपर्ने अडान राख्दै आईरहेका छन् ।


ADVERTISEMENT

# # #


सत्तारुढ नेकपाले समेत पछिल्लो समय नेता बानियाँको प्रस्तावलाई नै सहमतीको बिन्दु बनाउने संकेत दिएको छ ।