एजेन्सी – आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीलाई अमरिकाले अवाई आक्रमणमा मारेपछि ईरानले अमेरिकासँग उक्त घटनाको बदला लिने बताउँदै आएको छ ।


ADVERTISEMENT


ईरानका सर्वोच्च धर्मिक नेता आयतोल्लाह अली अमेनईले बग्दाद एयरपोर्टमा भएको हमलामा जनरल कासिम सुलेमानीको मृत्युको खबर पाउनासाथ भनेका थिए, ‘अपराधीलाई छाडिनेछैन ।’  मंगलबार मात्रै सैन्य कमाण्डर जनरन कासिम सुलेमानीको अन्त्यष्टी गरेको इरानले बुधाबार इराकमा रहेको अमेरिकी सैन्य अखडामा मिसायल आक्रमण गरेर बदलाको संकेत गरेको छ । यही परिस्थितिलाई लिएर कतिपयले अमेरिका र ईरानबीचको तनावले उग्र रुप लिने आँकलन गरेका छन् ।


ADVERTISEMENT

# # #


यदि ईरान ‘बदला’को कुरा गरिरहेको छ भने एउटा प्रश्न भने अवश्य उठ्छ कि ईरानको शैन्य क्षमता कति छ र सेनाको शक्ति कति छ ?

कस्तो छ इरानको सेना ?

बेलायतको ‘थिंक ट्यांक इन्टरनेशनल इन्स्टिच्यूड फर स्ट्राटेजिक स्टडिज’ का अनुसार ईरानमा लगभग ५ लाख २३ हजार सक्रिय सैनिक रहेका छन् । जसमा ईरानको साढे तीन लाख र इस्लामिक रिभोल्युशनरी गार्ड्स (आईआरजीसी)का डेढ लाख सैन्यकर्मी सामेल रहेका छन् ।

यसका साथै ईरानसँग रिभोल्युशनरी गार्ड्स का २० हजार नौसैनिक समेत रहेका छन् । यो समूह होर्मूजको खाडीमा कही शस्त्रसहित सञ्चालित छन् । होर्मूजको खाडी त्यो ठाउँ हो जहाँ पछिल्लो वर्ष तेल ट्यांकरमाथि हमला भएको थियो ।रिभोल्युशनरी गार्ड्स एक स्वयंसेवी समूह हो ।

रिभोल्युशनरी गार्ड्स इरानको इश्लामिक व्यवस्थाको रक्षा गर्र्ने उद्देश्यले ४० वर्षपहिले स्थापना भएको थियो । आज रिभोल्युशनरी गार्ड्स प्रमुख सैन्य, राजनीतिक र आर्थिक शक्ति बनेको छ । आधिकारिक सैनिकभन्दा कम संख्या भएपनि रिभोल्युशनरी गार्ड्सलाई इरानको सबैभन्दा बलियो सैन्य संगठन मानिन्छ ।

विदेशमा कसरी ‘अप्रेसन’ गर्छ ईरानी सेना ?

ईरानको कुद्स फोर्स (जसको नेतृत्व जनरल सुलेमानी गर्थे)ले रिभोल्युशनरी गार्ड्सका लगिविदेशोमा ‘इन्टेलिजेन्स अप्रेसन’ गरेर ईरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खमेनईलाई रिपोर्ट गर्छ । यसमा कमसेकम पाँच हजार सैनिक रहेको मानिन्छ । यो ‘यूनिट’लाई सिरियामा पनि तैनाथ गरिएको छ, जहाँ यसले सिरियाली राष्ट्रपति बशर अल असदको बफादार सैन्य समूह र सशस्त्र शिया मिलिशियालाई परामर्श दिने गर्थ्यो ।

यद्दपी अमेरिकाका अनुसार कुद्स फोर्स मध्य–पूर्वमा ती समूहलाई आर्थिक, ट्रनिङ र हतियार सहयोग गर्छ, जसलाई आतंककारी संगठन ठहराइएको छ । जसमा लेबनानको हिज्बुल्लाह र प्यालेस्टाइनको इस्लामी जिहाद पनि सामेल रहेको छ ।

आर्थिक प्रतिबन्धले ईरानलाई हतियार आयातमा नोक्सान पुर्यायो । आर्थिक हदबन्धीका कारण ईरानको हथियार आयात मध्य–पूर्वका देशको अनुपातमा एकदमै कम भएको छ ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूटका अनुसार २००९-१८ को बीच ईरानले साऊदी अरबबाट ३.५ प्रतिशत हतियार मात्रै हतियार आयात गर्थ्यो । इरानको सबभन्दा बढी आयात चीन र रुसबाट हुन्थ्यो ।

ईरानसँग मिसाइल छ ?

मिसाइल नै ईरानको सैन्य शक्तिको प्रमुख अंग हो । यद्दपी एयरफोर्सको मामलामा ईरान साउदी अबर र इजराइलको मामलामा कमजोर रहेको छ । यही कमजोरीको भरपाई इरानको मिसाइलले गर्छ । अमेरिकाको रक्षा विभागलाई मान्ने हो भने ईरानको मिसाइल शक्ति मध्य पूर्व के देशमा सबैभन्दा बढी रहेको छ ।

गैर-पारम्पारिक हतियार
केही वर्ष प्रतिबन्धका बाबजुद ईरान आफ्ना लागि ड्रोन विकसित गर्न सफल भएको छ । ईरान २०१६ मा इराकमा भएको इस्लामिक स्टेटविरुद्धको लडाईंदेखि नै ड्रोन प्रयोग गर्दै आएको छ ।
थिंकट्यांकको रिपोर्ट अनुसार ईरान आफ्नो सशस्त्र ड्रोन्सका साथ सिरियाको इसराइली एयर स्पेसमा समेत गइसकेको छ ।

२०१९ जुनमा ईरानले अमरीकाको एक निगरानी ड्रोनलाई समेत खसालेको थियो । यसका साथै दाबी यो पनि छ कि अमरीकी ड्रोनलेहोर्मूज खाडीमा ईरानी वायुक्षेत्रको उल्लंघन गरेको थियो । २०१९ मा इरानको इन्धन प्लान्टमा भएको ड्रोन र मिसाइल हमलाको आरोप साउदी अरेबिया र अमेरिकाले इरानमाथि लगाएका थिए । तर, इरानले आरोप इन्कार गरेको थियो ।

साइबर शक्ति कति छ ईरानसँग ?

२०१० मा ईरानको परमाणु प्लान्ट माथि साइबर हमला भएको थियो । त्यसपछि ईरानले साइबर क्षमतामा एकदमै सुधार गर्यो । मानिन्छ कि अब रिभोल्युशनरी गार्डसँग अफ्नो अलग्गै साइबर कमाण्ड रहेको छ । जसले व्यावसायिक र सैन्य जासूसीकस्ता कुरामा काम गर्छ ।

२०१९ माअमेरिकी सेनाको एक रिपोर्टमा भनिएको थियो कि ईरानले साइबर जासूसीका लागि एयरस्पेस, प्राकृतिक संसाधन, टेलिकम्युनिकेशन कन्पनी र डिफेन्स कन्ट्रेक्टर्सलाई निशाना बनाएको थियो । २०१९ मै माइक्रोसफ्टले पनि भनेको थियो, ‘ईरान र ईरानी सरकारसँग सम्बन्ध राख्ने’ एक ह्याकर समूहले हमेसिरकामा राष्ट्रिपति निर्वाचन प्रचार अभियान र अमेरिकी अधिकारीको एकाउन्ट तोड्ने कोसिस गरेको थियो ।

(२० पुष २०७६ मा प्रकाशित समाचारलाई पुन: प्रकाशित गरिएको हो ।)