श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपाली श्रमको नयाा र सुरक्षित गन्तव्य स्पेन बन्न सक्ने बताउनुभएको छ । श्रम मन्त्रालयमा स्पेनको एक्स्टि्रमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसँग सहकार्य गर्न आफुहरु आतुर रहेको बताउँदै स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।


ADVERTISEMENT


पर्यटन बर्ष २०२० को सुरुवातसँगै स्पनेको एक्स्टि्रमुरा सरकारका पर्यटन मन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्च स्तरीय टोलीले मन्त्री यादवसँग भेटघाट गरेको हो । श्रममन्त्री यादवले दुई देशबीचको समानताको प्रसङ जोड्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिनुभयो । कृषि लगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै सम्भावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न उहाँले आग्रह समेत गर्नुुभयो ।


ADVERTISEMENT

# # #


भेटका क्रममा स्पेनको एक्स्टि्रमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सद्भाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफुहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहााले नेपाल जस्तै स्पेन सरकारपनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउँदै निकट भविष्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।