काठमाडौं । नविल बैंकको ९९ औं शाखाको उद्घाटन कार्यक्रममा पूर्वराज्यमन्त्री तथा माइक्रोफाइनान्स अभियान्ता भगवती चौधरीले‘ भनिन् गाउँ केन्द्रीत कार्यक्रम ल्याएर ग्रामिण क्षेत्रका मानिसको जिवनस्तर उकास्न ठूलो भूमिका खेलोस । बैंकहरुले आफ्नो उपस्थिति जनाएर दुरदराजमा रहेका जनतालाई बैकिङ सुविधा दिनुपर्ने बताएकी छिन् ।


ADVERTISEMENT


बैंक तथा वित्तिय संस्थाहरु शहरमुखी र ब्यापारमुखी भइरहेको सन्दर्भमा बोल्दै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था कि अध्यक्ष समेत रहेकी चौधरीले सुनसरीको दुहवी नगरपालिका, गढी, बर्जु गाउँपालिका जस्ता क्षेत्रमा रहेका जनताहरुलाई वित्तीय क्षेत्रमा पहुँच पुर्याउन र उनीहरुसँग छरिएर रहेको पुँजीलाई एकत्रित गरी लगानी गर्न बैंकहरुले काम गर्नुपर्ने औंल्याइन् ।


ADVERTISEMENT

# # #


देशकै अग्रणी बैंक नविल बैंकको ९९ औं शाखा दुहवीमा उद्घाटन संगै आज बाट आर्थिक कारोबार सुरु भएको छ ।


बैंकको शाखा कार्यालय उद्घाटनमा दुहवीका लब्ध प्रतिष्ठित ब्यक्ति, उद्योगी, ब्यापारी तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागिता समेत रहेको थियो ।