काठमाडौं । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालसंग यात्रुहरुले यात्राका क्रममा भोग्नुपरेका समस्याहरु सुनाएका छन् । एसएसपी ढकालले समेत यात्रुहरुको समस्या समाधान हुने गरी एक हप्ता भित्र ट्राफिक नियमको पूर्ण पालना गर्न चालक तथा सह चालकहरुलाई निर्देशन दिएका छन् ।
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुले धेरै समस्याहरु भोगिरहेको र सवारीहरुले ट्राफिक नियमको उलंघन गर्दा दुर्घटना बढेको लगायतका समस्याहरुलाई अन्त्य गरेरै छोड्ने अठोटले ट्राफिक महाशाखाले एक हप्ते सचेतना कार्यक्रम गरिरहेको छ । सोही क्रममा काठमाडौंको बढ्दो चिसोमा शुक्रबार बिहान एसएसपी ढकाल आफैं सार्वजनिक यातायातहरुको अनुगमनमा निस्किएका हुन् ।
भिडियो हेर्नुहोस् :
https://www.facebook.com/HimalayaPostNepal/videos/2674920232563655/?t=12
हामी एक हप्ता सम्म ट्राफिक नियमको पालना भए नभएको अनुगमन गर्दै यस्को पूर्ण पालना गर्न निर्देशन दिन्छौं एसएसपी ढकालले हिमालय पोष्टसंग भने एक हप्ता सम्मको सचेतना पछि पनि नियम उलंघन गरिए सबैलाई कारबाही गर्छौं । उनले काठमाडौं उपत्यकाको टफिक समस्यालाई अन्त्य गरेरै छोड्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
ढकालले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुलाई सवारीहरुले पालना गर्नुपर्ने नियमहरु पढेर सुनाएका छन् । पालना गर्नुपर्ने नियमको पर्चा समेत चालकहरुलाई दिँदै सोही बमोजिम सवारी चलाउन आग्रह समेत गरेका छन् ।
ट्राफिक उज्यालो अभियान अन्र्तगत महाशाखाले एक हप्ता सम्म सचेतना कार्यक्रम गरिरहेको छ । एक हप्ता पछी भने ट्राफिक नियम उलंघन गर्ने सबै सवारीहरुलाई कारबाही गर्दै काठमाडौं उपत्यकाको यात्रालाई नमुना बनाउने लक्ष्य राखिएको जनाईएको छ ।