ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) राज कुमार बैदवरले सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको अनुगमन गर्नुभयो ।
सार्वजनिक सवारीमार्फत काठमाण्डौका विभिन्न क्षेत्रमा  सार्वजनिक सवारीको चालकका गतिविधि, सहचालकले यात्रुप्रति गर्ने व्यवहार, गाडीको अवस्था, भाडा र आरक्षणको प्रयोगबारे गाडीको यात्रा गरेरै अनुगमन गर्नुभएको हो । ट्याक्सी चालकले गर्ने व्यवहारदेखि सडकमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा गरेको गतिविधि पनि उनले नियाल्नुभयो ।


ADVERTISEMENT


‘हरेक दिनजसो नै सर्वसाधारणबाट गुनासो आउन थाल्यो, कसैले आरक्षण सिट पाएन, कसैले सहचालकले गाली गर्‍यो, कसैले जथाभावीरूपमा ओराल्यो भनेर पटक–पटक गुनासो आइरह्यो, त्यसैले अवस्था के रहेछ त भनेर बुझेँ’, एसपीले भन्नुभयो, उहाँले काठमाण्डौको पुतलीसडक, बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा सार्वजनिक सवारीमा चढेर बस तथा ट्याक्स चालकको आनीबानी, यात्रुलाई गर्ने व्यवहार र भाडा दरबारे नजिकबाट नियाल्नुभयो ।


ADVERTISEMENT

# # #


‘विगतको भन्दा सार्वजनिक यातायात धेरै सुध्रिएको देखियो, तर अझै समस्या भने कायमै छ’, एसपी अनुभव सुनाउनुभयो ।

यतिले मात्रै पुग्ने नदेखिएको भन्दै अझै धेरै गर्न बाँकी रहेको उनले प्रतिक्रिया दिए । सार्वजनिक सवारी साधानको सिट घुँडा राख्न नमिल्ने गरी साँघुरो पाइएको छ । ट्याक्सी चालकले हत्तपत्त मिटरमा नजाने गरेकोसमेत पाइएको उहाँले बताउनुभयो ।

ट्राफिक टिम लाई तपाईं हरुले चालेको काम राम्रो छ, तर अन्य विषयमा पनि हेर्नु पर्छ जस्तै पैदल यात्रु हरु जताततै बाटो काट्नु हुन्छ उहँहरुलाइ कसरी हुन्छ जेब्रा क्रसिङ बाट काट्नु सिकाउने अनि बैकल्पिक बाटो बाट अनि फाट्फुट मा पसल गर्न नदिने एस्ले गर्दा दुर्घटना बढि हुन्छ अनि सवारी चालक लाई ट्रेनिङ दिने अनि रोड को निरीक्षन गर्ने कतै ब्रेक डाउन गाडि भएमा रातो कोण हरु राख्ने जस्ता अनि लाइसेन्स लिसके पछि रोड्मा टेस गराउने जस्ता काम गर्नु भएमा दुर्घटना कम हुन्छ ।