एजेन्सी ।


ADVERTISEMENT


घरेलु टोली भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।पुनेमा शुक्रबार भएको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ७८ रनले पराजित गर्दै भारतले सिरिज २–० ले जितेको हो ।


ADVERTISEMENT

# # #


भारतले दिएको २ सय २ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको श्रीलंका १५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो ।श्रीलंकाका लागि धनन्जय डी सिल्भाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन । यस्तै एन्जेलो म्याथ्युजले ३१ रन बनाए ।श्रीलंकालाई सस्तैमा समट्ने भारतका नाभ्दिप सैनीले ३ विकेट लिए । सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २र२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

भारतका लागि लोकेश राहुल र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । लोकेशले ५४ तथा शिखरले ५२ रन बनाए । मनिष पाण्डेले अविजित ३१ तथा सार्दुल ठाकुरले अविजित २२ रन बनाए । कप्तान विराट कोहली २६ रनमा आउट भए । श्रीलंकाका लाक्सन सान्डकानले ३ विकेट लिए । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेलमा भने भारतले श्रीलंकालाई ७ विकेटले हराएको थियो ।