काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्र्तगतको हिन्दी केन्द्रीय विभागले गत पौष २५ गते संयुक्त रुपमा आयोजना गरेको विश्व हिन्दी दिवस मनाईएको छ ।


ADVERTISEMENT


उक्त समारोहमा नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । सो अवसरमा कार्यभार राजदूत डा. अजय कुमारले भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।


ADVERTISEMENT

# # #


समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण समेत गरिएको छ ।

वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको छ ।

पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

यस्तै, हिन्दीमा अनुवाद गरिएका राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरिएको छ ।

कथाहरु बाह्रखरी मेडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगिताबाट छानिएका थिए ।

सो समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले प्रख्यात हिन्दी कविहरुका रचनाहरुको साङ्गीतिक प्रस्तुति दिएका थिए । लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २ सय भन्दा बढी विशिष्ट साहित्यिक व्यक्तित्वहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।