पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई विशेष अदालतले सुनाएको मृत्यु दण्डको फैसला लाहोर उच्च अदालतले असंवैधानिक ठहर गरेको छ।


ADVERTISEMENT


मुसर्रफको मृत्युदण्डको फैसला कानुनसम्मत नभएको उच्च अदालतले फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


तीन सदस्यीय न्यायाधीशको इजलासमा उक्त फैसला गरिएको पाकिस्तानी सञ्चार माध्यम द डनले जनाएको छ।

मुसर्रफलाई इस्लामावादस्थित उच्च अदालतले १७ डिसेम्बर २०१९ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

कानुनी प्रकृया पूरा नगरेको भन्दै उच्च अदालतले विशेष अदालतलाई पनि खारेज गरिदिएको द डनले जनाएको छ।

अहिले मुसर्रफ उपचारका लागि दुबईमा छन्। यसअघि विशेष अदालतले मुसर्रफको मृत्यु भए पनि उनको लासलाई तानेर इस्लामावादमा तीन दिनसम्म झुण्ड्याउन आदेश दिएको थियो।